महासंघ सदस्यमा क्यानका कुँवरको पनि दाबी

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको साधारणसभा तथा महाधिवेशन आउँदो चैत २८ र २९ गते हुँदैछ । महाधिवेशलने महासंघको नयाँ कार्यकारिणी समिति चयन गर्नेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघतर्फबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । एक सय २३ वस्तुगत संघतर्फबाट कुँवरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।

कुँवर क्यान महासंघका साथै एसियन ओसियन कम्प्युटिङ इन्डष्ट्रिज अर्गनाइजेसनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आइसिटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आइसिटी अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्षसमेत हुनुहुन्छ ।

उहाँले सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीतिनियम बनाउन सरकारसँग सहकार्य गर्ने गरी क्यान महासंघतर्फबाट उम्मेदवारी दिएको क्यान महासंघले जनाएको छ । त्यस्तै, डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवद्र्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै बृहत् राष्ट्रिय सञ्जाल निर्माण गर्न, स्टार्टअप र इन्नोभेसन प्रवद्र्धन गर्न संस्थातर्फबाट कार्यसमिति सदस्यमा कुँवरलाई अगाडि सारिएको क्यानले जनाएको छ । कुँवरको जितका लागि उद्योग वाणिज्य महासंघका सम्पूर्ण मतदातासँग अमूल्य मतको अपेक्षा राखिएको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?