काठमाडौं । उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी लिनुभएकाे छ ।
पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुग्नुभएकाे हाे ।
अस्पताल पुगेर उहाँहरुले राष्ट्रपति पौडेललाई भेटेर अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएकाे छ ।
यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु अस्पातल पुग्नुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच