चेल्सी र लिभरपुलको बराबरी

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पाएका पटक-पटकका मौका सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै लिभरपुल २८ खेलबाट ४३ अंक जोडेर आठौँ स्थानमा रहेको छ । चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औँ स्थानमा यथावत् रहेको छ ।

यता, कोपा इटालियाको सेमिफाइनलको पहिलो लिगमा युभेन्ट्स र इन्टर मिलानले पनि एक-एक गोलको बराबरी खेलेका छन् । खेलको अन्त्यमा रेफ्रीले तीन खेलाडी रातो कार्ड देखाउनुभएको थियो ।

८३औँ मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई एक-शून्यको अग्रता दिलाउनुभयो । इन्जुरी समयमा रामेलु लुकाकुले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा टुंग्याउनुभयो । गोललगत्तै समर्थकमाँझ खराब व्यवहार गरेपछि रेफ्रीले लुकाकुलाई दोहोरो पहँेलो कार्डसँगै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाउनुभएको थियो ।

तर, फेरि खेल सकिएलगत्तै झगडा गर्न पुगेपछि रेफ्रीले युभेन्ट्सका जुआन कोर्डाडो र इन्टरका कप्तान समिर हान्डानोभिकलाई पनि रातो कार्ड दिँदै मैदानबाहिर पठाउनुभयो । अब यस खेलको दोस्रो लिग २६ अप्रिलमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?