‘नाईं न भन्नू ल ६’ को ‘तलाउमा ढुंगा नहान’

Read Time = 2 mins

काठमाडौं । वैशाख १ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘नाईं न भन्नू ल ६’ को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक भएको छ । मेलिना राई र राजनराज सिवाकोटीको स्वर, वसन्त सापकोटाको संगीत र सापकोटाकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आशीर्वाद क्षेत्री र आँचल शर्माको नृत्य छ ।

चलचित्रमा आशीर्वाद र आँचलसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुनुहुन्छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ । विकासराज आचार्यद्वारा निर्देशित यो छैटौं शृंख्लालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?