सामसुङ इलेक्ट्रोनिक्सको नयाँ वर्ष अफर

Read Time = 2 mins

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङले नयाँ वर्ष २०८० का अवसरमा सामसुङका विभिन्न इलेक्ट्रोनिक उत्पादन टिभीदेखि होम अपलायन्समा नयाँ वर्ष अफर घोषणा गरेको छ । जेठ २ गतेसम्म लागू हुने अफर सामसुङका लेटेस्ट रेन्ज टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनका लागि लागू हुनेछ । अफरअन्तर्गत सामसुङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ ।

कम्पनीका अनुसार सामसुङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापीरूपमा नम्बर १ रहेको छ । कलर भोल्युम शतप्रतिशत क्वान्टम डट टेक्नोलोजीसहितको सामसुङ फ्ल्यागसिप क्युएलइडी टिभीमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ ।

साथै क्रिस्टल फोरके अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र बिलियन ट्रु कलरमा २५ प्रतिशतसम्मको छुट रहेको छ । सामसुङ फ्रेम टिभी, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो, जसले कन्जुमरलाई बेजेल विकल्पको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभूति प्रदान गर्छ । टिभीहरूमा एक वर्षको पूर्ण उत्पादन वारेन्टीका साथै प्यानलहरूमा थप एक वर्ष वारेन्टी रहेको छ । सामसुङ रेफ्रिजिरेटरमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी रहेको छ । त्यस्तै, वासिङ मेसिनमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक रहेको छ । अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत नेपालभर उपलब्ध हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?