रोकिएका स्ववियु निर्वाचन चैत ३० गते हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रोकिएका क्याम्पसहरूमा स्ववियु निर्वाचन यही चैत ३० गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।

तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।

चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने सहमति भएको उनीहरूले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

उनीहरूले यसबीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?