सेयर बजारमा देखिएन उत्साह, सातामा एक दिन बढ्दा चार दिन घट्यो

Read Time = 3 mins

काठमाडौं । मन्त्रिपरिपद विस्तारले सेयर लगानी कर्तामा उत्साह नपिएको देखिएन । गएको शुक्रबारमात्र देशले अर्थमन्त्री पाउँदा पनि शेयर लगानी कर्ताले विश्वास नदेखाएको चालु साताको सेयर कारोबारबाट देखिन्छ । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।

यसैगरी, सेयर बजार सोमबार पनि घटेको हो । सोमबार नेप्से परिसूचक १६।६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो । सोही दिन कारोबार रकम पनि घटेको थियो । आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो ।

यसैगरी, साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो । उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन । मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

यता बुधबार भने सेयर बजारमा केही राहत मिलेको थियो । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो । तर, त्यसदिन सेयर बजार बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो । कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो । यसदिन ९२ करोड भन्दाबढी रकमको सेयर कारोबार भएको भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?