हिृवलचेयर बास्केटबलको उपाधि आर्मी र डब्लुडब्लुबिएलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इन्टरभ्याली हिृवलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन हिृवलचियर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले हात पारेका छन् ।

नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनको आयोजनामा भएको प्रतियोगिताको निकै रोमाञ्चक फाइनल खेलमा आर्मीले जावलाखेल हिृवलचेयर स्पोर्टस् क्लबलाई ४४-३३ अंकले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो क्वार्टरमा ८-१० ले पछाडि परेको आर्मी खेलमा फर्कँदै दोस्रो क्वार्टरमा १०-९, तेस्रो क्वार्टरमा १४-१० र चौथो क्वार्टरमा १२-४ ले अग्रता कायम गर्दै जित आत्मसाथ गर्न सफल भएको हो । आर्मीको जितमा दान थिंगको २२ अंकको योगदान रहृयो । यस्तै आर्मीका रमेश खत्री मोष्ट भ्यालुएबल खेलाडी घोषित हुनुभयो । तेस्रो स्थानमा बुद्धिसरा इन एक्सन रहृयो ।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ओमेन हिृवलचियर बास्केटबल एसोसिएसनले आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । डब्लुडब्लुबिएले रजनी चामलिंग राईको १३ अंकको योगदानमा फाइनलमा आयोजकलाई १९-२ अंकको अन्तरले पराजित गरेको हो । रनजी मोष्ट भ्यालुएबल खेलाडी पनि घोषित हुनुभयो । तेस्रो स्थानमा हिृवलचियर स्पोर्टस् एसोसिएसन नेपाल रहृयो ।

विजयी शीर्ष तीन टिमले क्रमशः नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी टिमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बागमती प्रदेश सासद लक्ष्मी घिमिरेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?