‘मायाको बिहे पास..’

Read Time = 2 mins

काठमाडौं । यही शुक्रबार अर्थात् नयाँ वर्षको छेको पारेर देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘बिहे पास’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘मायाको बिहे पास..’ बोलको गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतको अभिनय छ । प्रवेश पौडेलको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ र प्रकृतिका अलावा श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुशा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको अभिनय छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा रहेको चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल (सबैले हेर्न मिल्ने) सर्टिफिकेट दिएको छ ।
रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन निर्माता रहेको यो चलचित्रमा शिव ढकालको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रको यसअघि रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक गरिएको थियो । आरआर फिल्म प्रोडक्सनले निर्माण गरेको फिल्मको वितरण पनि आरआर फिल्मले नै गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?