२०२१ को तुलनामा २०२२ मा जापानको मृत्युदरमा दोब्बर वृद्धि

Read Time = 2 mins

टोकियो । जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो संख्याले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्युदरमा वृद्धि हुनसक्ने सम्भावनालाई जोड दिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको संस्था नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजिज (एनआइआईडी)ले उक्त अनौपचारिक तथ्यांक तयार पारेको हो । एनआइआईडीका अनुसार सन् २०२२ को एक निश्चित अवधिमा मृत्युको अवलोकन गरिएको संख्या र सोही अवधिमा मृत्युको अनुमानित संख्याबीचको भिन्नताको रूपमा परिभाषित गरिएको अतिरिक्त मृत्युको संख्या ४७ हजार ३३० देखि एक लाख १३ हजार ३९९ को बीचमा थियो । यस्तो संख्या सन् २०२१ मा एघार हजार ४७५ देखि ५० हजार ४९५ थियो ।

एनआइआईडीका महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका अध्यक्ष ताकाजी वाकिताले बुधबार पत्रकारहरूसँग भन्नुभयो, ‘यस्तो मृत्युमा वृद्धि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जोडिएको हुन सक्छ, जसले गतवर्ष जापानमा कोभिड–१९ संक्रमण र मृत्युको रेकर्ड स्तरलाई बढायो । वाकिताले भन्नुभयो, ‘हामीले श्वासप्रश्वाससम्बन्धी रोग र वृद्धावस्थामा मृत्यु हुनेको संख्यामा वृद्धि देखेका छौं ।’ रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?