स्वास्थ्य सेवा केन्द्र उद्घाटन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-६, मा लप्सी शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । यस वडाको लप्सी निनीचौरलगायत आसपासका क्षेत्रमा रहनुभएका जनताको स्वास्थ्य सेवामा परेको समस्यालाई समाधान गर्ने उद्देश्यले स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले यहाँ नागरिकसंग खुसी साट्दै सबैलाई बधाई ज्ञापन गर्नुभयो । निर्वाचन ताका गरिएका प्रतिबद्धता र रेसुङ्गाको नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई प्राथमिकताका आधारमा क्रमश पूरा गर्दै जाने उहाँले बताउनुभयो ।

सबै नागरिकलाई यस स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य सेवा लिन आग्रह गर्दै आम नागरिक माझमा स्वास्थ्य सेवा लगायतका विभिन्न सेवाहरु सरल र सहज पहुँचमा पुर्याउन आफू लागेको बताउनुभयो । हरेक कर्म नागरिकको पक्षमा भएको भन्दै सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?