देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

सोमवार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा जोड दिनुभयो । उहाँले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको हो । तपाईहरुको भुमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाई हामी सबै मिलेर गर्नुपर्छ । त्यसका लागि हामीले नीति, नियम के आवश्यक्ता छ, तपाईहरुलाई कसरी काम गर्न सहज हुनेछ, त्यसमा हामी कुनै कसुर बाँकी राख्दैनाैँ । यो व्यापार घाटालाई कसरी कम गर्न सकिन्छ ? कानून लगायतका कुरामा सहयोग गर्नका लागि हामी तयार छौँ । यो मुलुकलाई समृद्धितिर लैजान महत्वपूर्ण भुमिका तपाईहरुको छ ।’

मन्त्री रिजालले उद्यलेगी व्यवसायीहरुले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?