उदिराम खड्काको नेतृत्वमा कलाकर्मी संघ

Read Time = 2 mins

काठमाडौं । कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन हुनुभएको छ । काठमाडौंमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरुङ, महिला उपाध्यक्ष सन्ध्या सानु घताने चयन हुनुभएको छ ।

कोशी प्रदेश अध्यक्षमा कविता गेलाल, मधेस प्रदेश अध्यक्षमा प्रदेशी शाह, बाग्मती प्रदेशमा महेशप्रसाद हाडा र गण्डकी प्रदेश अध्यक्षमा रामजी खाण चयन हुनुभएको छ । लुम्बिनी प्रदेश अध्यक्षमा खुमबहादुर केसी, कर्णाली प्रदेश अध्यक्षमा कृष्ण रेउले र सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरत रावत चयन हुनुभएको छ । प्रदेश अध्यक्ष स्वतः केन्द्रीय उपाध्यक्षसरह हुन्छन् । त्यस्तै, महासचिवमा लीलाधर भट्टराई (लिगेस) उपमहासचिवमा दीपक भण्डारी, हिक्मत शाही (क्षितिज) र पवन चुकाह चयन हुनुभएको छ । कोषाध्यक्षमा दीपेन्द्र आले र सहकोषाध्यक्ष जालुमाया गुरुङ चयन हुनुभएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका समहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्य प्रतिमा गौतम, नेता भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, प्रदेश सांसद मैया श्रेष्ठलगायतले कला संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?