अकुपञ्चरसम्बन्धी कार्यशाला

Read Time = 1 min

काठमाडौं । नेपाल अकुपञ्चर मोक्सिबुसन अकुप्रेसर संघले एकदिने कार्यशाला आयोजना गरेको छ । आफ्ना सदस्य र अकुपञ्चरिस्टका लागि शनिबार आयोजित कार्यशालामा उपत्यकाका विभिन्न अस्पताल, क्लिनिकका २० जना अकुपञ्चरिस्टको सहभागिता थियो ।

सो अवसरमा मेडिसिटी अस्पतालका न्युरो सर्जन डा. प्रकाश पौडेलले कम्मर दुखाइ र निधान प्रक्रियासम्बन्धी प्रशिक्षण तथा पछिल्ला अनुसन्धानसम्बन्धी प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कम्मर दुखाइका विभिन्न अवस्थामा अकुपञ्चर उपचार अत्यन्त प्रभावकारी मानिन्छ । उपत्यकाभित्र रहेका अकुपञ्चर क्लिनिकमा अहिले पनि ठूलो संख्यामा कम्मर दुखाइका बिरामीको बाहुल्यता रहेको संघले जनाएको छ । संघ नेपालमा रहेका लाइसेन्स भएका अकुपञ्चरिस्टको साझा संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?