माछा मार्ने क्रममा डुबेर मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका-१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ।

सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भइरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?