पाकिस्तानमा संविधान रक्षाको प्रस्ताव पारित

Read Time = 2 mins

इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षा गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने प्रतिबद्धतासहित प्रस्ताव सोमबार पारित गरेको हो ।

पारित प्रस्तावअनुसार राष्ट्रियसभाले संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा पाकिस्तानका जनताको अधिकार हितको रक्षाका लागि राज्यका सबै अंगलाई आवश्यक कदम चाल्न आग्रह गरेको गरिएको छ ।

प्रधानमन्त्री शहबाज शरिफले प्रस्तुत गरेको प्रस्तावमा संघीयताको सिद्धान्तलाई संविधानको एक आधारभूत सिद्धान्तका रूपमा कायम राख्नुपर्नेमा जोड दिइएको थियो । साथै उहाँले पाकिस्तानलाई आर्थिक रुपमा विकसित र आत्मनिर्भर मुलुक बनाएर जनतालाई सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

‘संविधान पाकिस्तानको संरक्षक एवं मार्गदर्शक सिद्धान्त पनि हो । हामी यसको रक्षाका खातिर आफ्नो जीवन बलिदान गर्न तत्पर छौं’, पाकिस्तानी प्रधानमन्त्रीले भन्नुभयो । संविधानलाई सबै राज्य संस्थाको जननी भन्दै प्रधानमन्त्री शरिफले देशको संविधानले नै राष्ट्रलाई एकताको सूत्रमा आबद्ध गर्ने र त्यसप्रति सबै नागरिकको अटुट आस्था रहेको बताउनुभयो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?