विश्वको अग्रणी अर्थतन्त्र बन्दै भारत

Read Time = 2 mins

वासिंटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’ मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस-युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो ।

आईएमएफले बुधबार जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६.१ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ ।

चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक (आरबिआई)को अनुमानभन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२/२३ मा सात प्रतिशत र यसै महिनाको पहिलोदिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आकलन गरेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?