चेन्नाइमाथि राजस्थानको रोमाञ्चक जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई तीन रनले हराउँदै रोमाञ्चक जीत हात पारेको हो । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?