अर्थतन्त्रका लागि दुखद वर्ष २०७९

Read Time = 11 mins

काठमाडौं । अर्थतन्त्रमा दुखद परिणामसहित वर्ष २०७९ बिदा भएको छ । कोरोना महामारी, रुस-युक्रेन युद्धलगायतको असरका कारण २०७९ नेपालका लागि मात्रै नभई विश्व अर्थतन्त्रकै लागि अभिसापपूर्ण रहृयो । उल्लेखित असरका साथै नेपालको अर्थतन्त्र राजनीतिक अस्थिरतासमेतको शिकार बन्न पुग्यो । वर्ष २०७९ मा मुलुकले भूकम्प र नाकाबन्दीका बेलामा समेत सामना गर्नु नपरेको आर्थिक मन्दीको सामना गर्नुपर्‍यो । वर्षैभरि नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ लागेको टिकाटिप्पणी भइरहे । सरकारले उक्त टिकाटिप्पणीको खण्डन गरिरहृयो ।

घरजग्गा कारोबार, सेयर बजारदेखि नेपालले आर्जन गर्ने विदेशी मुद्राको सञ्चितीसम्ममा चरम दबाब पर्‍यो । गत एक वर्षमै नेपालको अर्थतन्त्रले तीनजना अर्थमन्त्री पायो तर अर्थतन्त्रले भने केही पाएन । तीन अर्थमन्त्रीमा जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल र डा. प्रकाशशरण महत रहे । विदेशी मुद्रा सञ्चितीको आधार रेमिट्यान्स, निर्यात व्यापार, पर्यटन, वैदेशिक लगानी प्रभावित हुन पुगेका कारण अर्थतन्त्र जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहृयो । विदेशी मुद्रा सञ्चिती निरन्तर घट्दोक्रमका कारण सरकारले अत्यावश्यकबाहेकका वस्तु आयातमै प्रतिबन्ध लगाउनुप¥यो । १४ महिनादेखि विदेशी मुद्रा सञ्चिती निकै सकसपूर्ण अवस्थामा पुगे पनि वर्षको अन्त्यतिर भने अर्थतन्त्र सहज बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अर्थतन्त्र सुधार हुँदै गएको दाबी गर्नुभएको छ । तथापि स्वतन्त्र विश्लेषकहरूले भने मुलुकको अर्थतन्त्र अझै पनि खतरामुक्त नरहेको बताउने गरेका छन् ।

गत एक वर्षमै नेपालको अर्थतन्त्रले तीनजना अर्थमन्त्री पायो तर अर्थतन्त्रले भने केही पाएन । २०७९ मा तीनजना अर्थमन्त्रीमा जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल र डा. प्रकाशशरण महत पाए पनि अर्थतन्त्रमा भने निराशामात्रै हात लाग्यो ।

वर्ष २०७९ बैंक तथा वित्तीय संस्थाका लागि पनि निकै सकसपूर्ण रहृयो । बैंक तथा वित्तीय संस्थामा चरम तरलता संकटका कारण समग्र औद्योगिक क्षेत्र प्रभावित हुन पुग्यो । बंैक तथा वित्तीय संस्थाको चर्को ब्याजले निजी क्षेत्र थला परेको छ । चर्को ब्याजदरका कारण ऋण तिर्न नसक्ने भन्दै उद्योगी व्यवसायी सडकमै ओर्लिए भने लघुवित्त र मिटरब्याजपीडित अझै आन्दोलित छन् ।

पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धिका कारण महँगी बढेर गयो भने उद्योगहरूको उत्पादन लागतसमेत बढेर गयो । आयात प्रतिबन्धका कारण राजस्व घट्दोक्रममा रहृयो । राजस्व घटेका कारण सरकारको दैनिक खर्च सञ्चालनमा समेत सकस परेको छ । सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब बढी छ । उच्च ब्याजदरका कारण सरकारको आन्तरिक ऋणको दायित्व पनि बढेको छ । चुनावी वर्ष २०७९ मा अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको थियो तर अर्थतन्त्र चलायमान हुन सकेन ।

मुलुकको अर्थतन्त्र प्रभावित हुनुको अर्को कारण थियो सरकारी निकायबीच समन्वयको अभाव । अर्थतन्त्रका सूत्रधार अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध तिक्ततापूर्ण रहृयो । खासगरी तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको टकराव आलोच्य बनेको थियो । अर्थमन्त्री शर्मा नीति र विधिभन्दा पनि हठ र मुढेबलपूर्ण सोचका साथ अघि बढ्न खोज्ने, गभर्नर नीति र विधिबाट टसमस हुन नखोज्ने अवस्था देखियो । जसका कारण अर्थमन्त्री शर्माले गभर्नरले असहयोग गरेको भन्दै हटाउनसमेत खोज्नुभयो । गभर्नरविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा दायर गरियो । तर, सर्वोच्चले गभर्नर अधिकारीकै पक्षमा आदेश ग¥यो । सर्वोच्च अदालतको आदेश र अर्थमन्त्रीको चर्को आलोचनापछि गभर्नर हटाउने आफ्नो एकसूत्रीय अडानबाट उहाँ पछि हट्न बाध्य हुनुभयो ।

त्यसो त तत्कालीन अर्थमन्त्री शर्माको विवाद यतिमै रोकिएन । उहाँ थप विवादपूर्ण निर्णय गर्न अग्रसर भइरहनुभयो । अर्थमन्त्री शर्माले २०७९ जेठ १४ गते चालु आर्थिक वर्षको बजेट बनाउँदै गर्दा निश्चित स्वार्थमा परेर करको दरमा हेरफेर गरेको विषय वर्षैभरि आलोचित बनिरहृयो । उक्त विषय सार्वजनिक भएसँगै छानबिन गर्न संसदीय विशेष समिति नै गठन भयो । तर, सरकारकै असहयोगका कारण करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले वास्तविकता उजागर गर्न सकेन । तथापि करका दर हेरफेरका लागि प्रयोग गरिएका पूर्वनासु रघुनाथ घिमिरेविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

जग्गा कित्ताकाट रोकिँदा घरजग्गा कारोबारमा समेत मन्दी आएको छ । जसका कारण हाउजिङ क्षेत्रबाट पनि अपेक्षित राजस्व उठ्न सकेन भने समग्र अर्थतन्त्र र अन्तर्राष्ट्रिय मन्दीको असर सेयर बजारमा पनि देखियो । विष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजारमा सुधार देखिए पनि उहाँभन्दा अघिका अर्थमन्त्री शर्मा र पछिका महतकालमा पनि सेयर बजार ओरालो लागिरहृयो ।

तथापि २०७९ मा केही महत्वपूर्ण विकास आयोजना सम्पन्न भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् भने सुनकोसी मरिण डाइभर्सनले गति लिएको छ । त्यस्तै, जलविद्युत् उत्पादन र निर्यातमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । त्यसैगरी सरकारले औपचारिक तथा अनौपचारिक क्षेत्रका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको छ ।

त्यस्तै, वर्षको उत्तराद्र्धमा पर्यटन क्षेत्रमा सुधार आएको छ । पछिल्लो महिना एक लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको उक्त आँकडाले वर्ष २०७९ को समापन सुखद बनाएको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को मार्चमा ९९ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को सुरुवातदेखि नै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् । कोरोना महामारीअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर, सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्यामा ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ संख्यामा खुम्चियो भने सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार साउनदेखि नै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ ।

पछिल्लो समय उल्लेख्यरूपमा चिनियाँ पर्यटन आउन थालेका छन् । चीन सरकारले आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरेको छ भने चैत १ गतेदेखि चिनियाँ नागरिकलाई नेपाल घुम्न एजेन्सीहरूले नेपाल भ्रमणका प्याकेज बिक्री सुरु गरेका छन् । वर्षको अन्तिम दिन एक सय ८० जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका छन् । बोर्डका अनुसार सन् २०२३ को मार्चमा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका छन् भने फेब्रुअरीमा दुई हजार दुई सय ६६ र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटक आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?