मेलम्चीमा भलिबल प्रतियोगिता हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो ।

राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका श्रेष्ठले उक्त प्रतियोगिताको प्रायोजन गर्नुभएको हो । यस वर्ष भलिबलबाट सुरु गरिएको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

कोरोना महामारी समयमा, मेलम्ची बाढीमा राहत तथा उद्धारका साथै भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्दै आउनुभएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट ‘मेलम्ची बन्दै छ’ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलका माध्यमबाट पर्यटक प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले भलिबल आयोजना गर्न लागिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?