बर्दघाट नगरद्वारा उपभोक्ता क्षमता अभिवृद्धि प्रशिक्षण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको समन्वयमा सरोकारवालहरुका लागि दुई दिने उपभोक्ता हित संरक्षण सम्वन्धि क्षमता अभिवृद्धि प्रशिक्षण बिहिवारदेखि शुरु भएको छ ।

उपभोक्तालाई सचेत बनाउने उद्देश्यले नगरले उपभोक्ता प्रशिक्षण कार्यक्रम गरिएको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

पटकपटक बजार अनुगमन गरेको बर्दघाट नगरपालिकाले उपभोक्ता सचेत नभए सम्म बजारमा उपभोक्ता ठगिन कम नहुने देखिएकोले उपभोक्ता सचेत कार्यक्रम गरिएको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो ।

उपभोक्ताहरुले प्रयोग गर्ने वस्तु र सेवामा हुन सक्ने अनियमितता र त्यसको प्रभावलाई ध्यानमा राख्दै बजार अनुगमनका क्रममा देखिने समस्याहरुको उचीत समाधान कसरी गर्न सकिन्छ रु भन्नेवारेमा सरोकारवालाहरुलाई प्रशिक्षित गरीएको छ

आजको पहिले सेसनमा पश्चिम नवलपरासी जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन जिल्ला समितिका संयोजक प्रकाश देवकोटाले उपभोक्ता सम्वन्धि ऐन कानुन र त्यसको प्रभावकारीताका वारेमा जानकारी गराउनु भएको थियो भने दोस्रो सेसनमा घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले उपभोक्ता शिक्षा बारेमा जानकारी गराउनु भयो ।

त्यसैगरी भोलिको पहिलो सेसनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रशिक्षणबाट खाद्यय सम्वन्धि,दोस्रो सेसनमा गुणस्तर तथा नापतौल कार्यालय रुपन्देहीका प्रशिक्षकवाट नाप तौल सम्वन्धि र तेस्रो सेसनमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रिय समितिका सदस्य रामजी ज्ञवालीवाट उपभोक्ता शिक्षँ र मञ्चको केन्द्रिय धारणाका वारेमा जानकारी गराईने कार्यक्रम रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यले जानकारी गराउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?