सिद्धार्थका ग्राहकलाई हेल्थ केयर अस्पतालमा छुट

Read Time = 1 min

काठमाडौं । सिद्घार्थ बैंक र हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकतर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राना मगर तथा हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रालितर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बिसी शाहले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले हेल्थ केयर अस्पताल तथा प्रसूति गृहमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ तथा क्युआरमार्फत् भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?