भीम आचार्यको प्रश्न : सरकारले कति वर्षमा पूर्णता पाउँछ ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमामडौं । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ ।

६ महिना करिव हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उहाँको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गर्नु भयो । उहाँले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराउनु भयो । सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उहाँको माग थियो ।

सांसद आचार्यले भन्नु भयो, ‘वर्तमान सरकार धेरै अलमलिईरहेको हामीले देखि राखेका छौं । अव यो सरकाले अहिलेसम्म आफ्नो पूर्णता समेत प्राप्त गर्न नसकेको छैन । लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगहरुले सरकार गठन भएको ६ महिना झण्डै आधि वर्षसम्म भईसक्दा पनि आफ्नो पूर्णता नपाउने, मन्त्रालयहरु खाली हुने, जनताले सेवा नपाउने, उनीहरु मर्कामा हुने, विकासमा कामहरु अलपत्र पर्ने खालको अवस्था अहिले विद्यमान छ । मेरो एउटा प्रश्न छ छ भने हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौं–यो गर्छौं त्यो गर्छौं । प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ? अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा सताब्दी लाग्छ कि । उत्तर चाहियो । यो संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । संसद भनेको सरकारको जवाफदेहिता लिने ठाउँ हो । सरकारले आफ्ना कार्ययोजनाहरु यहाँ प्रष्ट ढंगले सार्वजनिक गर्नु पर्दछ । जे मन लाग्यो त्यही गर्ने । देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन ।’

सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि पटकपटक दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?