सेयर बजार राताम्मै, नेप्से १५.७३ अंकले घट्याे

Read Time = 1 min

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै  भएको छ ।

यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यसैगरि कुमारी बैंक लि. को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?