चेन्नईसँग हैदराबाद सात विकेटले पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

शुक्रबार राति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

जितसँगै चेन्नईको ६ खेलमा ८ अंक भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अंक रहेको हैदराबाद नवौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?