एसीसी प्रिमियर कप : आज बहराइन र कुवेत तथा कतार र साउदी अरेबिया भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदै छन् । खेल कीर्तिपुर र मूलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

कीर्तिपुरमा समूह ‘ए’ का कतार र साउदी अरेबियाबीच खेल हुँदैछ ।

कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी अरेबिया मलेसियासँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै, मूलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र कुवेतबीच खेल हुनेछ ।

बहराइनले पहिलो खेलमा सिंगापुरलाई हराएको थियो । पहिलो खेलमा कुवेत यूएईसँग हारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?