तनहुँ मतगणना: सर्वेन्द्र खनाल झन्डै सात हजार तथा गोविन्द भट्टराई पाँच हजारले पछाडी

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि पर्नुभएकाे छ ।

जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुदाँ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार वाग्लेले  ९ हजार १९८ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन । बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?