चितवन २ अपडेट: रास्वपाका रवि लामिछानेलाई अग्रता, सत्ता गठबन्धन तेस्रो स्थानमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिनुभएको छ ।

यसअघि एमालेका रामप्रसाद न्यौपानेलाई अग्रता मिलेको थियो । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित लामिछानेले अग्रता बनाउनु भएको हो ।

यहाँ ५८८ मत सहित सत्ता गटबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । त्यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?