कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटबारे छलफल हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक १० बजेका लागि बोलाईएको छ । मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक सोमबारदेखि सुरु भएको हो ।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो ।

आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?