बारा-२ अपडेट : उपेन्द्र यादवसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएको छ।

पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहनुभएको छ ।

यादवले १८ हजार ८०८ मत पाउँदा कुशवाहाले १५ हजार ४८५ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर ३ हजार ३५० छ । यसअघि उहाँहरु दुईबीचको मतान्तर ५ हजार बढी थियो ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उहाँले ५ हजार ५६३ मत पाउनु भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार २६८ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत कटाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?