प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो : एमाले नेता भट्टराई

कानूनी प्रक्रियाबाट टुंगोमा पुर्‍याइएको विषयलाई 'यो विषय ठिक रहेनछ' भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति दु:खद

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीवार सिंहदरबारस्थिच गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

उहाँले मुलुकको सबैभन्दा ठूलो पार्टीको शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ ? भन्ने स्पष्ट पारेको बताउनु भयो । उहाँले गृहमन्त्रीसँग आफूहरुले आक्रमण गर्नेलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको पनि बताउनु भयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहीत गरेको आरोप लगाउनु भयो । उहाँले प्रदेश नामाकरण कानूनी रुपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षामा देखापरेको अत्यन्त गम्भीर चुनौति छ, त्यसको बारेमा उपप्रधान एवं गृहमन्त्रीज्युलाई ध्यानाकर्षण गराएका छौँ । हाम्रो पार्टीको अध्यक्ष शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा यो मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा जुन किसिमको अवस्था सिर्जना भयो, त्यो हरकत देखाउने कुरामा हामीले गम्भीर आपत्ति जनाएका छौँ, त्यसमा जुन तत्वले त्यो गरेका छन्, उनीहरुलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । यसलाई प्रोत्साहीत गर्ने काम राज्यबाट नै प्रधानमन्त्री स्वयंले कानूनी प्रक्रियाबाट टुंगोमा पु-याइएको विषयलाई यो विषय ठिक रहेनछ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यसले संविधान हातमा लिने कुरालाई र प्रवृत्तिलाई प्रोत्साहीत गरेको छ । सत्तासिन पार्टीकै कार्यकर्ताहरु यस किसिमका गतिविधिमा संलग्न हुन दुःखद् कुरा हो । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, सरस्वतीनगरमा ८ दिनअघि वैशाख ७ गते दिनदहाडै पसलमा व्यवसाय गरेर बसेकी चेली मारिन्छन्, तर ८ दिनसम्म सत्यतथ्य बाहिर ल्याउन सरकार तदारुकताका साथ काम गर्न सकेको छैन । देशकै ठूलो पार्टीका शीर्ष नेता पनि असुरक्षित हुनुहुन्छ भने यहाँ सरकार छ की छैन ? सरकारले के गर्छ ? यो गठबन्धन सरकार जुन हिसावले बनेको छ, एकपछि अर्को असफल भएको छ । न्युनतम कर्तव्य पनि पूरा गर्न सकेको छैन ।’

नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या ८ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

उहाँले वर्तमान एकपछि अर्को असफलतामा गुज्रिरहेको बताउनु भयो । उहाँले वर्तमान गठबन्धन सरकारले आफ्ना न्युनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?