एक क्लिकमा पढ्नुहोस् आजका प्रमुख समाचार

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनु भएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

थप गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सन्दीपको उत्कृष्ट प्रदर्शन

कतारविरुद्ध नेपालले जित हासिल गरेको छ ।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका हासिल गरेको हो । कतारले २५.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८९ रनमा सीमित हुन पुग्यो ।

बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

थप सन्दीपको उत्कृष्ट प्रदर्शन

सांसद कोइरीले संसद सचिवालयलाई पत्र लेखेर भने : अस्वस्थ छु, सुधार भएपछि उपस्थित हुन्छु

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । यहीबीच उनले आफू अस्वस्थ रहेको भन्दै संसदलाई पत्र पठाएका छन् ।

थप  अस्वस्थ छु, सुधार भएपछि उपस्थित हुन्छु

प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो :  नेता भट्टराई
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीवार सिंहदरबारस्थिच गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा।राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

थप प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।

राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिनुभएको हो । छलफलका त्रलममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक-पटक उहीँ समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।”

थप भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ ।

आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।”

अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको सत्ता साझेदार दल कांग्रेसको विरोध

काठमाडौं । अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयप्रति सत्ता साझेदार ठूलो दल नेपाली कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गर्नुभएको हाे ।

थप अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको सत्ता साझेदार दल कांग्रेसको विरोध

कांग्रेस नेता डिल्लीबहादुर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, को हुन् चौधरी ?

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनु भएका प्रदेश सभा सदस्यका हैसियतमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

थप कांग्रेस नेता डिल्लीबहादुर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?