सेगवे स्कुटरमार्फत् पूर्वपश्चिम यात्रा

Read Time = 2 mins

काठमाडौं । सेगवे इलेक्ट्रिक स्कुटर इ १०० मार्फत् धिरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वको काँकडभित्तादेखि पश्चिम महेन्द्रनगरसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । दुर्ईवटा ब्याट्री र दुर्ईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर इ १०० ले आरामदायी र सुविधासाथ यात्रा सफल बनाएको थियो ।

यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारीसाधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनीले जनाएको छ । छ रात सात दिनको साहसिक यात्राका लागि दुर्ईवटा ब्याट्री र दुर्ईवटा फास्ट चार्जरसहित पूर्वी सीमावर्ती शहर काँकडभित्ताबाट धिरेनले यात्रा सुरु गर्नुभएको थियो । यात्राको चार्जिङ खर्च छ सय ५० रुपैयाँ भएको बताइएको छ ।

कम्पनीका अनुसार यात्रा अवधिभर सेगवे इ १०० को कार्य क्षमता सफलतापूर्वक उचित परीक्षण गरिएको थियो । जसअन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण र कम्फर्ट परीक्षण गरिएको हो । धिरेनले यात्रा सुरु गर्नुअघि सोही स्कुटर काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गर्नुभएको थियो । त्यसैगरी काठमाडौंदेखि पोखरासम्मको यात्रा पनि परीक्षण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?