ओझेलमा परेको धार्मिक पर्यटकीय स्थल केदारनाथलाई प्रद्धर्धन गर्दै सिंजा गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 7 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा – ४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल केदारनाथ लगायत पालिका भित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेका छन् ।

समुद्धि सतहदेखी लगभग ३५ सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ । यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चडाइएका सयौं वर्ष पुराना तामा, पित्तल र चाँदीका विभिन्न आकार–प्रकारका सिक्काहरूको निकै थुप्रो र हजारौं वर्ष पुराना जस्ता देखिने धातुजडित उत्कृष्ट कालिगढीमा बनेका गौमुख भएका नुहाउने धाराहरू रहेका थिए । त्यहाँ नजिकैको गाउँबारेका वासिन्दा भन्छन् सबै सशस्त्र द्वन्द्वकालमा हराएर गए । आफ्नो धन जोगाउने कि मन जोगाउने अवस्था थियो द्धन्दकालमा । हामीले आफ्नो सांस्कृतिक सम्पत्ति जोगाउने त परको कुरा थियो ।

यो तीर्थ केदारनाथ खस साम्राज्यकालमा हाल भारतका चार धामभन्दा पनि पुरानो र वैभवता कायम गरेको थियो भन्ने उक्ति छ । अहिले केदारनाथ मन्दिरमा पुराना जस्तै देखि गौमुख धाराहरु बनाएका छन् । काठबाट बनेका गाईका तस्वीर छन् । ढंगा कुदेर बनाएका मुर्ति पनि छन् । जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथ लाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसंग जोड्नका लागि पहिलो पटक सिंजा गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्व र यसको परिचान बारे यहाँका धार्मिक अगुवासंग सम्मेलन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउउनुभयो ।

भारतको प्रसिद्ध धार्मिक तीर्थ स्थल केदारनाथ यहीबाट गएको भन्ने धार्मिक जन विश्वास रहेको छ । मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डको दृश्यले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँने गरेको छ ।

धार्मिक पुजा गर्नेका लागी कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट केदारनाथको धार्मिक तीर्थ स्थलमा आउने गरेकाछन् । साउन पूणिमाको एकादशीको दिनमा ठूलो मेला लगाइने भएको छ । सो क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि गाउँपालिकाले काम सुरु गरेको अध्यक्ष धितालको भनाइ छ । यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्नेका लागि हिउँद महिनामा हिँउको मज्जा लिँदै हिमाली क्षेत्रकको जैविक विविधता र वनस्पतिको विविधता यहाँ देख्न पाइने भएको छ । पालिका केदारनाथसम्म सडक निर्माण गरि सकेको छ । यसको महत्व अझ व्यापक रुपमा प्रचार प्रसार गर्नेका लागी गाउँपालिकाले आवश्यक बजेट व्यवस्थापना गरिने गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।

पर्यटकीय पदमार्ग निर्माण गर्नेका लागी केदारनाथलाई धार्मिक पर्यटन यात्राको पनि त्यतिकै सम्भाव्यता रहेको वडाध्यक्ष धनजीत बुढाले बताउनुभयो । सिंजाका ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पहिचान गरि पर्यटन प्रद्धर्धनमा विकास गर्नेका लागी राज्यले यस क्षेत्रमा लगानी गर्नुपर्ने वडाध्यक्ष बुढाको भनाइ छ । सिंजाको धार्मिक केदारनाथ तीर्थ स्थल अवलोकन गर्ने पछिल्लो समयमा आन्तरिक धार्मिक विश्वास गर्न पर्यटकको सङख्या बढ्न थालेको स्थानीयवासि धन बहादुर बुढाले बताउनुभयो ।

धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरुमा श्रद्धालुहरुको ठूलो घुइँचो लाग्ने गर्छ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि सुर्खेत,कालिकोट, अछाम,मुगु र बाजुरा लगायतका मानिसहरू आउने गर्दछन् । केदारनाथ मन्दिरमा बर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुग्दछ भन्ने जनविश्वास छ ।

पर्यटकीय स्थल निर्माण गर्नेका लागी स्थानीय सरकारदेखी प्रदेश र संघीय सरकारले लगानी गर्न अति आवश्यक रहेको धार्मिक अगुवा मुनजीते बुढाको भनाइ छ । यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टी मिलेको छ । धार्मिक कञ्चन केदारनाथलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचार प्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउनसके यसले सिंजा क्षेत्रको विकासमा समेत टेवा पुग्नसक्ने सुर्खेतको चौकुने गाउँपालिबाट आउनु भएका धार्मिक तीर्थ यात्री बुद्ध रोकायाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?