पिएसजीले मेस्सीको करार नविकरण नगर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कुनै पनि जानकारी नदिई साउदी अरब गएको भन्दै पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको करार नवीकरण नगर्ने संकेत गरेको छ ।

गत आइतबार लोरेन्टविरुद्ध ३-१ को अप्रत्यासित हार ब्योहोरे पछि क्लबलाई कुनै पनि खबर नै नगरी साउदी अरब गएको भन्दै उनलाई २ साताका लागि निलम्बनमा राखेको खबर सेलाउन नपाउँदै पिएसजीले आफना स्टार खेलाडी मेस्सीको करार नबिकरण नगर्ने तयारी गरेको हो ।

साउदीका पयर्टन दूतसमेत रहेका मेस्सीलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय यसअघि नै गरिसकेको अवस्थामा यो खबर बाहिरिएको हो । पिएसजीमा मेस्सीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई हप्ताको निलम्बनमा परेका मेस्सीले अब पीएसजीको खेलाडीका रूपमा तीनवटा खेल मात्र खेल्न पाउनेछन् ।

मेस्सीलाई नविकरण गर्ने कि नगर्ने भन्नेमा पिएसजी भित्र छलफल चलिरहेको बेला यो अप्रत्याशित खबर आएको हो । मेस्सीलाई पुनः अनुबन्ध गर्नका लागि बार्सिलोनाले पनि छलफल चलाईरहेको छ भने उनमाथी लागि इन्टर मियामी र साउदी क्लब अल–हिलालले पनि चासो देखाएका छन् ।

धेरै जसोले मेस्सी साउदी क्लब अल हिलाल जान सक्ने अनुमान गरेका छन् । उनी माथी अल हिलालले करोडौं खर्च गर्न चाहेको यसअघि नै सार्वजनिक भईसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?