‘टुल्की’को पोष्टर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘टुल्की’को पोष्टर सार्वजनिक गरिएको छ । जेठ १२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को पोष्टर सार्वजनिक गएिको हो । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिइएको छ ।

निर्माता शेखर लामाका अनुसार हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ डोल्पामा छायांकन गरिएको हो ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामालगायत कलाकारको अभिनय छ । देव थापाले निर्देशन गरेको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माता, र बाबुलाल लामा कार्यकारी निर्मातामा रहनुभएको छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने स्क्रिन प्ले शेखर लामाको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?