कार्यव्यवस्था समितिको बैठक सुरू

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक सुरु भएको छ । आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो ।

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन सम्बन्धमा छलफल हुने एजेण्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरु बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरुको उपस्थिति वेवसाइट मार्फत् सार्वजनिक गर्ने र ई-हाजिरी सम्बन्धमा छलफल गर्ने एजेडा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?