भ्रष्टाचारबिरुद्धको अभियानबाट भागेर सरकार ढाल्न सम्भव छैनः मन्त्री किराँती

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नक्कली भूटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले नक्कली भूटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताउनुभएको हो । उहाँले सरकारले भ्रष्टाचार बिरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने स्पष्ट पार्नुभयो ।

उहाँले भ्रष्टाचार बिरुद्धको अभिायानलाई पूर्णबिराम लगाउनेउपर प्रश्न उठ्ने भन्दै सरकारले दुधको दुध पानीको पानी भएर आफ्नो भुमिका देखाउने बताउनुभयो । भ्रष्टाचार बिरुद्धको अभियानबाट भागेर सरकार ढाल्नु सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचार बिरुद्धको अभियान राज्यले सुरु गरेको छ । आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । भ्रष्टाचारबिरुद्धको यो अभियान रोकेर रोकिँदैन । जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ । जसले लगाउन खोज्छ त्योमाथि पनि प्रश्न उठ्छ । जनताको अगाडी दुधको दुध पानीको पानी हामीले हाम्रो भुमिका देखाउनुपर्छ । सरकार डग्मगाउनु हुँदैन । मलाई लाग्छ सरकार ढल्दैन । यो सरकार जसले भ्रष्टाचारको बिरुद्धमा जेहाद छेडेर जान्छ । त्यसलाई जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ । त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन ।’

मन्त्री किराँतीले पशुपतिमा निःशुल्क शव जलाउने प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?