भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले विद्यालय स्तरीय प्रतिभा पहिचानसहित बिजेता खेलाडीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
गाउँपालिकाले आधारभुत तथा मावि स्तरीय प्रतिभा पहिचान कार्यक्रम सहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाको तर्फबाट बिजेता बनेका खेलाडीहरुलाई सम्मान गर्न लागेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले आगामी फागुन २१ र २२ गते पालिकाको केन्द्र अन्नपूर्णमा माध्यामिक तह तथा आधारभुत तह स्तरीय कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो । माध्यामिक तह तर्फ कक्षा ९ देखि १२ सम्मका लागि चित्रकला, हाजिरी जवाफ, कविता प्रतियोगिता र गायन प्रतियोगिता संचालन गरिने छ ।
यसैगरी आधारभुत तह तर्फ कक्षा ६ देखि ८ सम्मका लागि टेम्केमैयुङको विकासमा कृषि, पर्यटन र शिक्षाको भुमिका विषयक बक्तृत्वकला र नृत्य प्रतियोगिता संचालन गरिने छ । प्रतियोगितामा पालिका भित्रका बिद्यालयहरुले सहभागिता जनाउने छन् ।
प्रतिभा पहिचान कार्यक्रम भन्दा अगाडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाको तर्फबाट पहिलो भएर बिजेता बनेका खेलाडीहरुलाई सम्मान गर्न लागेको हो । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदक सहित टेम्केमैयुङ गाउँपालिका प्रथम भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच