अमेरिकी डलरसँगै घट्यो युरोको पनि भाउ

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

अमेरिकी डलर बिहिबार ९ पैसाले घटेको हो । अघिल्लो दिन अर्थात बुधबार डलर ३९ पैसाले बढेको थियो।

बिहीबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको छ । यसाअघि बुधबार खरिद मूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४५ पैसाले घटेको हो । यसअघि बुधबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बिहीबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ८६ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल बिहीबार एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बिहीबार ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३६ पैसा र बिक्रीमा २९ रुपैयाँ ४९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?