एमाले केन्द्रिय कमिटी बैठकः अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस (पूर्णपाठसहित)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्र्रतिवेदन पेस गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

उहाँले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा बिफ्रिङ गर्नुभएको पनि बताउनु भयो ।

उहाँले बैठकमा केन्द्रिय सल्लाहकार परिषद्को अध्यक्षले आफ्नो सुझाव सल्लाह पेस गर्नुभएको बताउनु भयो । बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकको अध्यक्षता गर्नुहुँदै अध्यक्ष कमरेडले अहिलेको समसामयिक राजनीतिक परिस्थितिको बारेमा आफ्नो राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभन्दा अघि केही कुरा राख्नुभयो । बैठकलाई सम्बोधन गर्नुभयो । भूटानी शरणार्थी प्रकरणबाट उत्पन्न अस्थिरताको बारेमा चर्चा गर्नुभयो । अहिलेको सत्ता गठबन्धनको पहिलो र दोस्रो त्रैमासिक रिपोर्ट हेर्दा नकारात्मक दिशातिर गएर र मुलुक आर्थिक मन्दीतिर गएको चर्चा गर्नुभयो । यो मन्दीलाई उकास्न सत्ता गठबन्धनसँग कुनै प्याकेज छैन, योजना छैन भन्ने चर्चा गर्नुभयो । फागुन २ गतेबाट शुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा अवस्थाको समीक्षा गर्नुभयो । अध्यक्षज्युले राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । केन्द्रिय कमिटीको चौथो बैठकपछि भएका निर्णयहरुको जानकारी र अनुमोदन भयो । केन्दिय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा आफ्नो सुझाव सल्लाह दिनुभयो । पार्टीभित्रको अनुशासनको बारेमा चर्चा भयो, आर्थिक प्रणालीको बारेमा चर्चा भयो ।’

उपमहासचिव गुरुङले मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रश्तुत गर्नुभएको बताउनु भयो । अन्य प्रदेशको रिपोर्ट भने शुक्रवारको बैठकमा पेस गरिने बताउनु भयो ।

(पूर्णपाठ )

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?