राप्रपाले भ्रष्टाचारविरुद्ध आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापन पत्र बुझाउने भएको छ ।

नक्कली भुटानी शरणर्थी प्रकरण निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लाग्नुभएको हो ।

आज दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष लिङ्देनले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । भ्रष्टाचारविरुद्ध एकजुट हुन अध्यक्ष लिङ्देनले आह्वानसमेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?