कथा : माया

हिमालय टाइम्स
Read Time = 3 mins

- अच्युत दाहाल
मायालाई आज भातको गाँस निल्न पनि साह्रो परेको छ । उसले आफ्नो मुटुको टुक्रा आफूबाट अलग पारी, आफ्नी छोरी अनिसालाई आज ऊ अर्कालाई जिम्मा लगाउँदै छे । रोमितको मृत्यु भएको आज कति दिन पो भएको छ र ! तर, के गर्नु, छोरा–छोरीलाई ? हिजोआज उसलाई दुई छाकको जोहो मिलाउन साह्रो पर्न थालेको छ । त्यसैले छिमेकीको कोही आफन्तकोमा घरधन्दा गर्न छोरीलाई पठाई दुई छाक राम्रोसँग त खान पाउँछे भन्ने आशामा छ । शिक्षित घर यसो दुई–चार अक्षर पनि सिक्न पाउँछे भन्ने आशामा खुसीको साथ छोरीलाई बुझाएर पठाई ११ वर्षे छोरीलाई । आमा हो, हरेक समय अनिसाको सम्झनाले उसलाई तड्पाइरहन्छ ।

दिन बित्दै गए । माया पनि समयसँग ढल्किँदै गई । अनिसाको चिन्ताभन्दा पनि घरमा भएका छोरो–छोरी र बुढी भएकी सासूहरूको रेखदेख गर्दै कोही बेला उसलाई बिहानदेखि बेलुकी भएकोसम्म थाहा लाग्दैनथ्यो ।

आज फेरि पानी पो पर्ने रहेछ भन्दै माया ओछ्यानबाट ओर्ली । गाईवस्तुलाई घाँस, पराल हाल्छे । त्यही समय छिमेकी साइँली आत्तिँदै आएर उसको तघारो खोली । माया पनि के भएछ बिहानै भन्दै अलिक अगाडि बढी । ‘छिटो हिँड माया, अस्पताल जानुपर्छ । अनिसा बिरामी छ’– आत्तिदै साइँलीले भनी । मायाले आफूलाई सम्हाल्दै ‘के भयो मेरी छोरीलाई ?’ भन्दै शंकाको नजरले साइँलीलाई सोधी । ‘म केही जान्दिनँ, अस्पतालमा छ भनेर खबर आयो र तिमीलाई जाऊँ भन्न आएकी । तिमी न आत्तेऊ, छिटो निस्क । म पनि निस्किन्छु’ भन्दै छिमेकी घरतिर लागी । मायाको मन नानाथरी शंकाले चिन्तित पार्न थाल्यो ।

गाडीबाट और्लिनेसाथ दगुरेर अस्पतालभित्र छोरीको खोजीमा आँखा डुलाउन थाली माया । उसका आँखा एउटा कुनामा पर्न गए । त्यहाँ एउटी बालिका अग्निदग्ध भएर ल्याएको रहेछ । त्यही समय मायाका कानमा केही शब्द पर्न गए । यो काम गर्ने केटी हो अनिता नाम गरेकी । बलात्कार गरी कसैले जिउँदै जलाएका अरे ...। मायाले अरू केही सुनिन, कतिबेर मुर्छा परेर ढलिछे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?