मिडियाले राजनीतिमा लागेका महिलाहरुलाई आत्महत्या गर्न प्रेरित गरिरहेको आरजु राणाको आरोप

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणाले मिडियाका कारण राजनीतिमा लागेका महिलाहरुलाई आत्महत्या गर्न प्रेरित गरिरहेको बताउनु भएको छ ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उहाँले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको समेत बताउनु भयो ।
‘तर, म बलियो भएर होला, मलाई त्यो परेको छैन, यहाँ उपस्थित हुन सकेको छु तर मिडियाले महिलाहरुलाई आत्महत्या गर्नका लागि फोर्स गरिरहेको छ’ उहाँले भन्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर आएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न अनुरोध गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेतृ राणाले दुई करोड रुपैयाँ लिएको भन्दै आएको अडियोका बारेमा ६ दिनसम्म पनि सत्य तथ्य सार्वजनिक नगरेको भन्दै उहाँले आपत्तिसमेत जनाउनु भयो ।

‘मेरो नाममा आएको फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो,’ उहाँले जारी प्रतिनिधिसभाको बैठकमा भन्नुभयो, ‘तर, आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्यो अडियोका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक होस भन्ने चाहान्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?