तुर्किएको चुनावमा उच्च मतदान ‘लोकतन्त्रको जित’ इरान

Read Time = 1 min

तेहरान । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई ‘लोकतन्त्रको विजयको संकेत’ भएको बताउनुभएकोछ । आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गर्नु भएको हो ।

उहाँले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै ‘लोकतन्त्रको विजय’ गराएकामा बधाई दिनुभएको छ ।

तुर्किएको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाता दर्ता भएका छन् । विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आहृवान गरिएको थियो । झण्डै ८० प्रतिशत बढीमतदान भएको थियो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?