गैंडाको खागसहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट २९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार) सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?