सेयर बजार दोहोरो अंकले बृद्धि

Read Time = 2 mins

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से २३.३९ अंकले बढेर १८४५.०१ अंकमा पुगेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर ८५ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ६२ करोडको कारोबार भएको थियो ।

यस दिन दुई सय ६६ कम्पनीका ३५ लाख ७७ हजार दुई सय १० कित्ता सेयर कारोबार भएकोमा १३ समूहको परिसूचक बढेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ भने वित्त, जलविद्युत् र निर्जीवन बीमा समूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, लगानी र जीवन बीमा समूहको सूचक एक प्रतिशतभन्दा बढी बढेको छ ।

आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत बढेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य नौ प्रतिशतभन्दा बढी बढेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावरको सेयरमूल्य आठ प्रतिशतभन्दा बढी बढेको छ । माईखोला हाइड्रोपावरको सेयरमूल्य भने सात प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्तको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढी घटेको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको पाँच करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल टेलिकम र एनआइसी एसिया बैंकको चार करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?