सांसदले प्रश्न नसोध्दै प्रश्नहरु अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त भएन : रघुजी पन्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा बैठकमै असन्तुष्टि जनाउनुभएको हो । उहाँले प्रश्न कसले आउट गरेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसदभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरुको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चार माध्यमहरुमा आउनु अनुपयुक्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,  ‘यो प्रश्न कसले आउट ग¥यो ? अरु सांसदहरुको प्रश्न कसले आउट ग¥यो ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्षे प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ति प्रश्नहरु अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुँदैन । मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भएपनि म यसलाई ठूलो इस्यु बनाउन चाहान्न । तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडी सांसदले सोधिने प्रश्नहरु आउट हुनु हुँदैन । हाइस्कुलको प्रश्न आउट भएपनि, कलेजको प्रश्न आउट भएपनि, संसदको प्रश्न आउट भएपनि त्यो राम्रो मानिदैन ।’

उहाँले आगामी दिनमा यसरी प्रश्नहरु आउट नगर्न ध्यानाकर्षण समेत गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?