यार्सा पाटनमा झडप हुँदा पाँच जना घाइते

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । गाउपालिकाले तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेका संकलकहरुलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन ।

मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ वाङ्गरीका पाटनहरुमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउपालिका स्थानियहरुलाई वडा न १ डोल्फु गाउँका बासिन्दाहरुले नियन्त्रण गर्न खोज्दा भएको झडपमा स्थानिय ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ डोल्फु गाउँका कार्मा लामा, पेमा आङ्गडाल लामा, छिरिङ्ग मिन्जुक लामा र २ जना अन्य घाइते भएको शसस्त्र प्रहरी नायव उपरिक्षक डम्वर रानाले बताउनु भयो ।

२ गते राती झडप भए पनि घटनास्थलमा सन्चारको कुनै विकल्प नभएपछि ३ गते विहान गाउलेहरु मोवाइलको नेटवर्कले टिप्ने ठाउँमा पुगेर जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पुलुलाइ खबर गरेका थिए ।

खवर पाउना साथ सुरक्षा टोलि घटना स्थल तर्फ हिडेर ५ गते घटना स्थलमा पुगि घाइतेलाइ सुरक्षित राखी झगडा गर्ने ४ जनालाइ सुरक्षाकर्मीकर्मीले नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम तर्फ ल्याइ रहेको प्रहरी नायव उपरिक्षक महेश बस्नेतले बताउनुभयो । घाइते मध्य छिरिङ्ग मिन्जुक लामा २ महिनाकी गर्भवती छिन ।

घाइते तीन मध्य छिरिङ्ग र कार्मा अलि बढी घाइते भएको, तिनै जनालाई उपचारको लागि सदरमुकाम तर्फ ल्याउदै गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारि गराउनु भयो ।

मुगुका पाट्नहरुमा यार्सा टिप्नका लागि शुक्रबारबाट मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश खुला गरेको थियो ।

यस अघि गत वैशाख २२ गते जुम्ला जिल्ला पातारासी गाउपालिका तल्फी गाउका १५ जना चोरी बाटो भएर मुगुका पाटनहरुमा जाँदा हिउँ पहिरोमा पनि ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरु अझै फेला पर्न सकेका छैनन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?