यार्सा पाटनमा झडप हुँदा पाँच जना घाइते

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । गाउपालिकाले तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेका संकलकहरुलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन ।

मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ वाङ्गरीका पाटनहरुमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउपालिका स्थानियहरुलाई वडा न १ डोल्फु गाउँका बासिन्दाहरुले नियन्त्रण गर्न खोज्दा भएको झडपमा स्थानिय ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ डोल्फु गाउँका कार्मा लामा, पेमा आङ्गडाल लामा, छिरिङ्ग मिन्जुक लामा र २ जना अन्य घाइते भएको शसस्त्र प्रहरी नायव उपरिक्षक डम्वर रानाले बताउनु भयो ।

२ गते राती झडप भए पनि घटनास्थलमा सन्चारको कुनै विकल्प नभएपछि ३ गते विहान गाउलेहरु मोवाइलको नेटवर्कले टिप्ने ठाउँमा पुगेर जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पुलुलाइ खबर गरेका थिए ।

खवर पाउना साथ सुरक्षा टोलि घटना स्थल तर्फ हिडेर ५ गते घटना स्थलमा पुगि घाइतेलाइ सुरक्षित राखी झगडा गर्ने ४ जनालाइ सुरक्षाकर्मीकर्मीले नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम तर्फ ल्याइ रहेको प्रहरी नायव उपरिक्षक महेश बस्नेतले बताउनुभयो । घाइते मध्य छिरिङ्ग मिन्जुक लामा २ महिनाकी गर्भवती छिन ।

घाइते तीन मध्य छिरिङ्ग र कार्मा अलि बढी घाइते भएको, तिनै जनालाई उपचारको लागि सदरमुकाम तर्फ ल्याउदै गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारि गराउनु भयो ।

मुगुका पाट्नहरुमा यार्सा टिप्नका लागि शुक्रबारबाट मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश खुला गरेको थियो ।

यस अघि गत वैशाख २२ गते जुम्ला जिल्ला पातारासी गाउपालिका तल्फी गाउका १५ जना चोरी बाटो भएर मुगुका पाटनहरुमा जाँदा हिउँ पहिरोमा पनि ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरु अझै फेला पर्न सकेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल