सिटिजन्स र रञ्जना सिनेप्लेक्सबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रञ्जना सिनेप्लेक्समा टिकट खरिदमा पाँच प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यम प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री योजना सञ्चालनमा ल्याउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?